Rule 3
विवरण दाखिल गर्ने
(१) ऐनको दफा ७ को उपदफा (१) बमोजिम दिइएको थप
म्याद भित्र विवरण दाखिल गर्नु पर्ने कर्तव्य भएका (ख) श्रेणीका विर्तावालले विवरण
दाखिल नगरेमा त्यस्ता जग्गाको मोही भएमा म्याद भुक्तान भएको १५ दिनभित्र
निजले विर्तावाललाई कूत नतिरी आफूसँग भएको वा आफूले जाने बुझेसम्मको सबूद
प्रमाण र सो जग्गाको ४ किल्लाको साँध संधियारका नाम, थर, वतन खुलाई मोहीको
हैसियतबाट कमाई आएको त्यस्ता विर्ता जग्गाको विवरण पेश गर्न सम्बन्धित माल
अड्डाले पटक पटक गरी वा नगरी बढीमा ३ महिनासम्मको म्याद दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम म्याद भित्र मोहीबाट विवरण दाखिल हुन
आएपछि त्यसरी दाखिल हुन आएको जग्गाको विवरण सम्बन्धित माल अड्डाले
गाउँ विकास समिति वा नगरपालिकाको कार्यालयमा सबैले देख्ने ठाउँमा विवरण
दाखिल गर्ने मोहीको नाउँमा उपनियम (३) बमोजिम जग्गा दर्ता गरिने व्यहोरा समेतखुलाई यसमा कसैको केही उजुर भए सूचना टाँस भएका मितिले बाटोको म्याद बाहेक ७ दिनभित्र उजुर गर्न आउनु पछि कसैको केही उजुर लाग्ने छैन भनी सूचना टाँस्नुपर्छ ।
(३) उपनियम (२) बमोजिम सूचना टाँस हुँदा म्यादभित्र कसैको उजुर नपरेमा
मोहीले पेश गरेको सबूद प्रमाण र साँध संधियार बुझ्दा ठहर हुन आएजति जग्गाको
लाग्ने मालपोत विवरण दाखिल गर्ने मोहीबाट नै असुल उपर गरी माल अड्डाले पनि
ऐन बमोजिम मोहीका नाउँमा जग्गा दर्ता गरिदिनु पर्छ ।